अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५७ | Colorodo: 12:12

रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:३७ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आइतबार बिहान ११.३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको हो । रास्वपाको आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठकपछि आइतबार २.३० बजे नै हुने पार्टीले जनाएको छ ।

बैठकमा छलछफलको एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी गतिविधि रिपोर्टिङ, प्रथम राष्ट्रिय भेलाको समीक्षा, स्थानीय तह उपनिर्वाचन र महाधिवेशन रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू