अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस

बिआरटीनेपाल २०८१ असोज ११ गते ७:३४ मा प्रकाशित

न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा दुईजनाको नाम सिफारिस गरेको छ ।परिषदको आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएमा सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुहुनेछ । सर्वोच्च अदालतका तेस्रा मुख्यरजिष्ट्रार रहनु भएका निरौला मुख्यरजिष्ट्रारबाटै उच्च अदालतको मुख्यन्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

सर्वोच्चमा सिफारिस हुनुभएका नित्यानन्द पाण्डेय अहिले उच्च अदालत तुलसीपुरको मुख्यन्यायाधीश हुनुहन्छ । उहाँ गत मंसिरमा उच्च अदालतको मुख्य न्यायाधीश हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू