अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाका श्रेष्ठ धरौटीमा रिहा

बिआरटीनेपाल २०८१ असोज १० गते ७:५६ मा प्रकाशित

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीले बुधबार ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मन्त्री बनाउन नेतृत्वले पैसा मागेको अभिव्यक्ति दिएपछि श्रेष्ठलाई रास्वपाबाले सांसदबाट निकालेको थियो ।

गत भदौ २७ गते प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको थियो । लागुऔषधसहित पक्राउ परेका एक युवकको बयानका आधारमा पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेको ढाकाकुमारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ती युवकले उक्त लागुऔषध ढाकाकुमारले सञ्चालन गरेको फार्मेसीबाट ल्याएको बताएका थिए । बयान दिएको ती व्यक्तिलाई भने अदालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू