अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार

बिआरटीनेपाल २०८१ असोज १० गते ७:५३ मा प्रकाशित

सप्तकोशीमा खसेको बसबाट २० जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले नदीमा खसेको बसबाट २० जनालाई उद्धार गरेर उपचारका लागि पठाइएको जानकारी दिनुभयो । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस कोशी ब्यारेज पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको थियो ।

तीव्र गतिमा रहेको बस साझ ६ बजे चिप्लिएर नदीमा खसेको थियो । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन । नदीमा खसेको बस निकाल्ने प्रयास भइरहेको एसपी रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू