अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

कांग्रेस सभापति देउवाद्धारा कार्यसम्पादन समिति बैठक आव्हान

बिआरटीनेपाल २०८१ असोज १० गते ७:४४ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठमा समितिको बैठक बोलाउनुभएको हो । कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू उपस्थित हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू