अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

बिआरटीनेपाल २०८१ असोज १० गते ७:२८ मा प्रकाशित

ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ४२ वर्षीय भूपेन्द्र बोहोरा र काठमाण्डौको नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय कबिर बुढाथोकी रहेको प्रहरीले जनाएको छ । यस्तै पक्राउ पर्नेमा जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भई अहिले काठमाण्डौको चन्द्रागिरि नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन् । उनीहरूलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

अनुसन्धान एवम् कारबाहीका लागि भूपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू