अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

विपद् उत्थानशिल नेपाल निर्माणका लागि सरकार प्रतिवद्ध छ : गृहमन्त्री लेखक

बिआरटीनेपाल २०८१ असोज १० गते ७:१६ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशिल नेपाल निर्माणका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ ।बिहीबार काठमाडौंमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकार विपद् उत्थानशिल नेपाल निर्माणका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो ।

गृहमन्त्री लेखकले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशिल बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका अनुकुलन एवं विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताउनुभयो । गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशिल बनाउन थप प्राविधिक एवम् वित्तिय स्रोतको आवश्यक रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालकालिका, महिला, नदि किनाराका बस्ती र अफ्ठेरा भुगोलमा बसोवास गर्ने दलित तथा सिमान्तकृत समुदायहरुलाई धेरै हानी पु¥याएको बताउनुभयो । त्यसैगरी अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा पनि बहुआयामिक हानी पुर्याएको भन्दै उहाँले त्यसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू