अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५
| Colorodo: 18:00
सरकारले डा. गोविन्द केसीको माग सम्बोधनका लागि चासो नदेखाएपछि डा. केसीका प्रतिनिधिले आन्तरिक छलफल गरेका छन् । मागप्रति एमालेका नेताहरु सकारात्मक नभएको केसीका वार्ता टोली सदस्य डा. सुमन आचार्यले बताए ।
डा. केसीलाई कस्तो छ ?
-केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
-चिकित्सकले आईसीयूमा राख्न खोज्दा केसीले अस्वीकार गरेका छन् ।
-उनको अक्सिजनको मात्रा घटेर ७० मा पुगेको छ ।
-छाती दुख्ने समस्या निकै बढेर गएको छ ।
-सोमबार दिनभर डा. केसी कसैसँग नबोलेको उनका सहयोगी विषण दाहालले जानकारी दिए ।
-केसी २३ दिनदेखि आमरण अनशनमा छन् ।
आजकोनेपाल समाचारपत्रमा खबर छ ।