अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६
| Colorodo: 08:21
काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले मंगलवार यस्तो अनुमति दिइएको बताउनुभयो ।
साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो । मेडिकल व्यवयायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए । उनी सार्वजनिक ठाउँमा विभिन्न ‘अराजक’ अभिव्यक्ति दिँदै आएका थिए । यही आधारमा उनीविरुद्ध मुद्दा परेको हो ।