अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 10:48

राप्रपाका उपाध्यक्ष मिश्रले प्रचण्डका कुरा काटकुट गरेर हालेछन्, सत्यता छैन: सचिवालय

बिआरटीनेपाल २०८१ असोज ९ गते ६:५० मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेट र त्यसक्रममा प्रचण्डले गरेका भनेका टिप्पणीलाई लिएर आपत्ति जनाएको छ ।मिश्रले प्रचण्डसँग भेटमा भएको कुराकानी सामाजिक सञ्जालमा राख्दै प्रचण्डले भनेका टिप्पणीलाई ७ बुँदामा लेख्नुभएको थियो ।

तर, मिश्रले सामाजिक सञ्जालमा लेखेको झुट रहेको प्रचण्डको सचिवालयले बुधबार जनाएको छ। बुधबार प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा मिश्रले त्यो ७ बुँदामा लेखेको कुरामा सत्यता नभएको स्पष्टीकरण दिनुभएको छ । मिश्रले आफ्नो साजिकक सञ्जालमा राजा महेन्द्र गज्जबका ‘भिजनरी’, २०६२/०६३ को आन्दोलनमा पूर्व राजा ज्ञानेन्द्र शाह अलि नरम भएको आज परिस्थिति अर्कै हुन्थ्योलगायतका कुराहरु प्रचण्डले भनेको भनेर लेख्नुभएको थियो। उक्त पोस्ट आएपछि धैरै‌ले प्रचण्ड राजतन्त्र फर्काउन लागेका हुन् कि मिश्र माओवादीमा प्रवेश गर्न लागेका हुन् भनेर प्रतिक्रिया दिएका थिए।

उक्त कुराको सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रचण्ड सचिवालयले यसको खण्डन गरेको छ। मिश्रले प्रचण्डले भनेको कुरा काटकुट पारेर लेखेको सचिवालयको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू