अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 19:09

राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने

बिआरटीनेपाल २०८१ असोज ९ गते ६:४३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकाङ्क’ सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर सूचकाङ्क सार्वजनिक गर्न लागेको जनाएको हो ।

यसअघि राष्ट्र बैंकले २०७१/७२ लाई आधार वर्ष मान्ने गरेको थियो । यस्तै राष्ट्र बैंकले यसअघि चार सय ९६ वस्तुको मूल्य सङ्कलन गर्ने गरेकोमा अब पाँच सय २५ वटा वस्तुको मूल्य सङ्कलन गर्न लागेको गभर्नर महाप्रसाद अधिकारीले बताउनुभयो । यस्तै यसअघि ५० वटा जिल्लालाई मात्र समेट्ने गरेकोमा अब सबै जिल्लालाई समेट्न लागेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया