अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

टेक्ससमा कन्सुलर कार्यालय खोल्न प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

बिआरटीनेपाल २०८१ असोज ९ गते ६:२२ मा प्रकाशित

टेक्ससमा नेपालीका लागि नेपाल सरकारको कन्सुलर अफिस स्थापनाका लागि नेपाली समाज टेक्सस ९एनएसटी० का पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग औपचारिक भेटका क्रममा छलफल तथा अनुरोध गरेको छ। भेटमा प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर अफिस स्थापनाको लागि आफू सकारात्मक रहेको बताउनुभयो । ‘तपाईहरू पहिलेदेखि प्रक्रियागत रुपमा आउनुभएको भए राम्रो हुने थियो। टेक्ससको सबै बस्तु स्थिति थाहा भयो। यस विषयमा म सकारात्मक छुु,’ भेटमा प्रधानमन्त्री ओलीले भन्नुभयो। नेपाली समाज टेक्ससका प्रवक्त्ता किरण पौड्यालको नेतृत्वमा टोलीले प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्री राणासँग भेट गरेको हो।

प्रधानमन्त्री ओलीलाई भेटेर दिएको साझा ज्ञापन पत्रमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेप्लिज एसोसियसन अफ ह्युस्टनका वरिष्ठ उपाध्यक्ष द्रोण गौतम, ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष विदुर खतिवडा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिका क्षेत्रका प्रमुख वेद बस्नेत, नेपाली जनसम्पर्क समिति अमेरिका डिएफडब्लु च्याप्टरका अध्यक्ष ज्ञानेद्रराज कार्की, प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, पानस नेपालका अध्यक्ष रवि रावल, जन प्रगतिशिल मञ्जका अध्यक्ष राजु सुबेदी, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शंकर पन्तको हस्ताक्षर थियो। एनएसटीका प्रवक्ता पौड्यालले टेक्सस अमेरिकन एयरलाइन्सको हब रहेको लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ्ग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू