अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१५ | Colorodo: 14:30

श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

बिआरटीनेपाल २०८१ असोज ७ गते ६:०७ मा प्रकाशित

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं आउनुभएको छ ।राजापाक्षे व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आउनुभएको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले  पुष्टि गरेको हो ।

उहाँले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेकोले भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको बताइएको छ । श्रीलंकामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू