अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति

बिआरटीनेपाल २०८१ असोज ६ गते ८:४२ मा प्रकाशित

सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतबाट प्रहरीले अनुमति लिएको छ।

आइतबार प्रहरीले गरेको निवेदनमा जिल्ला न्यायाधीश न्यायाधीश कृष्णजंग शाहको इजलासबाट पक्राउको अनुमति लिएको हो।

पोखराको सूर्यर्दशन सहकारीको रकम गैरकानुनी रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएपछि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रतिनिनिधिसभाले निर्देशन दिएको छ।

उक्त निर्देशन कार्यान्वयन गर्न सरकारले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू