अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 18:24

शेयर बजार साढे ११ अङ्कले बढ्यो, पाँच अर्ब नौ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८१ असोज ६ गते ४:५१ मा प्रकाशित

हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ विन्दुमा पुगेको छ ।आज फाइनान्स, होटल, उत्पादन, लघुवित्त र म्युचुअल फन्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । इर्स्टन पावर, आत्मनिर्भर लघुवित्त र सुपर स्यांगे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै रावा इनर्जीको शेयर झन्डै नौ प्रतिशतले ओरालो लागेको छ । एक करोड २४ लाख ८५ हजार कित्ता शेयर पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर विकास कम्पनीको २७ करोड ८० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया