अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०५ | Colorodo: 13:20

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ : कार्यवाहक प्रधानमन्त्री सिंह

बिआरटीनेपाल २०८१ असोज ६ गते ४:४६ मा प्रकाशित

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित शहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।आज शहरी विकास मन्त्रालयमा नेपाल जग्गा तथा आवास विकास महासंघको प्रतिनिधिहरुसँगको भेटका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । महासंघका प्रतिनिधिहरुले शहरको विकासमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने माग गरेका थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामी के चाहन्छौं भने शहरको विकास गर्ने काममा केवल सरकार मात्र होइन कि निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्छ । निजी क्षेत्र पनि मिलेर व्यवस्थित, स्वच्छ र आर्थिक रुपमा चलायमान शहर बनाउन सहकार्य गर्ने कुरामा सरकार सकारात्मक छ । शहरलाई व्यवस्थित गर्दै लैजाँदा अपार्टमेन्ट, हाउजिङको कन्सेप्टमा देखा परेका कमी कमजोरी पत्ता लगाएर विधि र प्रक्रिया अनुसार छिटो काम गर्न सरकारले प्रयास गरिररहेको छ ।’

भेटघाटका क्रममा एकीकृत जग्गा तथा आवास विकासका लागि निजीक्षेत्रलाई पनि ल्यान्ड पुलिङ गर्न दिने कानुनी व्यवस्थाको आवश्यकता रहेको भन्दै शहरी विकास ऐनमा सो विषय समेट्न महासंघका अध्यक्ष भेषराज लोहनीले आग्रह गर्नुभयो । अहिलेसम्म सरकारले मात्रै ल्यान्ड पुलिङ गरेर जग्गा तथा आवास विकास गर्दै आएकाले महासंघले ‘ल्यान्ड पुलिङ’, ‘हाउस पुलिङ’मा नीजि क्षेत्रलाई सहभागी गराउनुपर्ने, अपार्टमेन्ट खरिद गर्न विदेशीलाई २० प्रतिशतसम्म बिक्री गर्न मिल्ने व्यवस्था गर्नुपर्ने र अपार्टमेन्टभित्रको जग्गा अपार्टंमेन्ट बिक्रीपछि डेभलपरको नाममा राख्न नमिल्ने गरी शहरी ऐनमा प्रबन्ध गर्न माग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू