अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 15:20

लेबनानको राजधानी बेरुतमा भएको इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिए

बिआरटीनेपाल २०८१ असोज ५ गते ७:०२ मा प्रकाशित

लेबनानको राजधानी बेरुतमा हिजो भएको इजरायली हवाई आक्रमणमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएका छन् । इजरायलले उच्च स्तरका प्यालेस्टिनी र हिजबुल्लाह समूहको बैठक भइरहेको भवनमा धेरै मिसाइल प्रहार गरेको थियो । रिपोर्ट अनुसार आक्रमणका घटनामा हिजबुल्लाहका शीर्ष कमाण्डरसहित १५ जना मारिएका छन् । मारिनेमा हिजबुल्लाहका शीर्ष कमाण्डर इब्राहिम अकिल पनि रहेका रिपोर्टलाई उदृत गरी बीबीसीले जनाएको छ ।

हिजबुल्लाहले पनि इब्राहिम अकिलको ज्यान गएको पुष्टि गरेको छ । इजरायलले पनि उनी स्ट्राइकमा मारिएको जनाएको छ । यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू