अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१९
| Colorodo: 16:34
दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिनुभएको छ । उहाँले उपराज्यपाल भीके सक्सेनासामु पद तथा गोपनीयताको शपथ लिनुभएको बीबीसी हिन्दीले जनाएको छ । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
मुख्यमन्त्री आतिशीसँगै अरु पाँच जना मन्त्रीले पनि शपथ लिएका छन् । पाँच मध्य चार जना अरविन्द केजरीवाल नेतृत्वको सरकारकै मन्त्रीहरु रहेका छन् ।