अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

हिजबुल्लाहका एक सयभन्दा धेरै रकेट लन्चर नष्ट गरेको इजरायलको दाबी

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:४९ मा प्रकाशित

इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा हवाई आक्रमण गरी हिजबुल्लाहले तयार पारेको एक सय वटाभन्दा धेरै रकेट लन्चर नष्ट गरेको दाबी गरेको छ ।यी रकेट इजरायलतर्फ आक्रमण गर्नका लागि तयारी अवस्थामा राखिएका इजरायली रक्षा बल (आईडीएफ) ले बताएको बीबीसीले जनाएको छ । आईडीएफले दक्षिणी लेबनानमा रहेको हतियार गोदामहरूलाई पनि हवाई आक्रमणको निशाना बनाएको बीबीसीको खबरमा उल्लेख छ ।लेबनानको सरकारी ‘नेशनल न्युज एजेन्सी’ ले इजरायलले हिजो बेलुका ५२ पटक हवाई आक्रमण गरेको र लेबनानले पनि उत्तरी इजरायलमा आक्रमण गरेको बताएको छ ।

यसअघि लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा ३७ जनाको ज्यान गएको थियो भने तीन हजार जनाभन्दा धेरै घाइते भएका थिए ।ताइवानले लेबनानको विद्रोही समूह हिजबुल्लाहका सदस्यले प्रयोग गर्दै आएका हाते पेजर विस्फोटमा स्पष्टीकरण दिएको छ । ताइवान सरकारले ती पेजरका पूर्जा आफ्नो देशमा नबनेको बताएको बीबीसीको खबरमा उल्लेख छ । पेजरहरू ताइनावमा बनेको खबर सार्वजनिक भएपछि ताइवानी कम्पनी ‘गोल्ड अपोलोट’ ले पेजर विस्फोट भएका उपकरण आफूले नबनाएको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू