अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सिंहलाई

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:३९ मा प्रकाशित

उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई दिनुभएको हो ।

प्रधानमन्त्री ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू