अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:१६ मा प्रकाशित

पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुनेभएको छ । नेपाल बलुन प्रालिको आयोजनामा क्रिस्मस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा आउँदो डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव आयोजना गर्न लागिएको आयोजक नेपाल बलुन प्रालिका अध्यक्ष बिक्रम बाडेले जानकारी दिनुभयो ।महोत्सव पोखराको लौरुकदेखि चङ्खपुरको पामेसम्म तीन किलोमिटर क्षेत्रफलमा आयोजना हुनेछ । अध्यक्ष बाडेका अनुसार नेपालमा पहिलो पटक हुन लागेको यस महोत्सवमा नेपालसहित विश्वका करिब ३० वटाका व्यावसायिक बलुन कम्पनीहरुको सहभागिता रहनेछ ।

पर्यटकीय नगरी पोखरा र समग्र नेपालको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । आयोजकका अनुसार फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेलुनको उडान गर्नेछन् । एक हप्तासम्म चल्ने महोत्सवमा झण्डै पाँच सय व्यावसायिक उडान हुनेछन् ।

विश्वमा सन् १९७२ मा पहिलो पटक अमेरिकामा अबुक्वेक्यु इन्टरनेशन बलुन फियस्ता शुरु भएको थियो । प्रत्येक वर्ष न्यू मेक्सिकोमा आयोजना हुने यो महोत्सवमा झण्डै पाँच सय वटा हट एयर बलुनले उडान गर्छन् । महोत्सवमा विश्वभरबाट १० लाखभन्दा बढी पर्यटक उपस्थित हुन्छन् । त्यसबाहेक अरु विभिन्न देशमा पनि महोत्सव हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू