अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध उजुरी आह्वान

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:१५ मा प्रकाशित

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रस्तावित प्रधानन्यायाधीश राउतसँगै बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादव माथि पनि उजुरी आह्वान गरेको हो । १० दिनभित्र समिति सचिवालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने सूचनामा उल्लेख छ । उजुरी दिँदा उजुरीकर्ताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने उल्लेख छ । यद्यपि, सूचनादाताले चाहेमा नाम गोप्य राखिनेसमेत सूचनामा उल्लेख छ ।

गएको सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अहिलेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले  असोज १८ गते अवकाश पाउँदै हुनुहुन्छ । श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतले सुनुवाइ प्रक्रिया पूरा भएर प्रधानन्यायाधीश नियुक्त भए १८ महिना न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ ।

साउन अन्तिममा बसेको मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । त्यस्तै, भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले चित्रलेखा यादवदलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू