अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

सुनको भाउ एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढ्यो

बिआरटीनेपाल २०८१ असोज ४ गते ६:०८ मा प्रकाशित

लगातार तीन दिनदेखि घटिरहेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँ बढेको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख ५७ हजार १ एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख ५५ हजार ६ सय रुपैयाँमा रहेको थियो । यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो भने चाँदीको भाउ तोलाको एक हजार आठ सय ८० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू