अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 16:49

नि:शुल्क धरहरा चढ्न सर्वसाधारणकाे भीड

बिआरटीनेपाल २०८१ असोज ३ गते ५:३९ मा प्रकाशित

धरहरा चढ्न सुन्धारामा सर्वसाधारणकाे भीड लागेकाे छ । संविधान दिवसका अवसर पारेर सर्वसाधारणका लागि आजदेखि धरहरा चढ्न खुला गरेपछि सर्वसाधारणकाे भीड लागेकाे हाे ।१२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो ।

सर्वसाधारणले नवनिर्मित धरहरा नि:शुल्क रूपमा चढ्न पाउनेछन् । अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका अनुसार प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्ष (वैशाख ०७८)अघि धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गर्नुभएकाे थियाे । तर, धेरै काम बाँकी भएकाले धरहरा खुलेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू