अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 15:55

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्न अदालतको अनुमति

बिआरटीनेपाल २०८१ असोज २ गते ७:०६ मा प्रकाशित

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको छ। उनीसँग जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएको हो।काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उलंघन गरेको आरोप छ।

उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो। उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। न्यायाधीश महेन्द्र काफ्लेको इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू