अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

चीनले १२ वटा आणविक अनुसन्धान केन्द्र खोल्ने

बिआरटीनेपाल २०८१ असोज २ गते ७:०१ मा प्रकाशित

चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ ।यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश रहेको चिनियाँ आणविक ऊर्जा प्राधिकरण (सीएईए) का उपाध्यक्ष लिउ जिङलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

चाइना नेशनल न्युक्लियर कर्पोरेशनका अध्यक्ष यु जियानफेङले चीनले आणविक अनुसन्धान केन्द्र खोल्दा विश्वमा आणविक प्रविधिको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । चीनले अन्तर्राष्ट्रिय सुरक्षामा आएका चुनौतीहरूलाई सम्बोधन गर्न  र ग्लोबल साउथको फाइदाका लागि आणविक ऊर्जा र प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न  यसका सदस्य राष्ट्रहरूसँगको सहकार्यलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू