अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

बझाङमा सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता

बिआरटीनेपाल २०८१ असोज २ गते ६:५१ मा प्रकाशित

बझाङमा सेती नदीमा ट्र्याक्टर खस्दा दुई जना बेपत्ता भएका छन् । बझाङका प्रहरी निरीक्षक किशोर जोशीका अनुसार ट्र्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र २२ वर्षका लोकेन्द्र घर्ती बेपत्ता भएका हुन् ।

ट्रयाक्टरमा चालकसहित पाँच जना चढेका थिए । तीन जनाले हाम फालेर ज्यान जोगाएका छन् । जयपृथ्वी राजमार्गअन्तर्गत मौरी बगरदेखि झनानातर्फ गुडिरहेको ट्रयाक्टर आज बिहान अनियन्त्रित भएर सडकबाट तल सेती नदीमा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू