अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

काेशीका मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत प्राप्त

बिआरटीनेपाल २०८१ असोज २ गते ६:४६ मा प्रकाशित

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको छ ।

नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उहाँले फेरि विश्वासको मत लिनुभएको हो । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ । माओवादीले गएको भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । गएको वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू