अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

शेयर बजार सामान्य घट्यो, कारोबार रकम ६ अर्ब पनि पुगेन

बिआरटीनेपाल २०८१ असोज २ गते ६:४५ मा प्रकाशित

शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार अङ्कले घटेर दुई हजार पाँच सय ७६ दशमलव ७६ विन्दुमा झरेको छ ।आज बैंकिङ र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार सामान्य घटेको दिन कालिका लघुवित्त र स्वरोजगार लघुवित्त कम्पनीको शेयर भने आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज एक करोड ३९ लाख कित्ता शेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू