अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

लेबनानमा पेजर बिष्फोट हुँदा ९ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ असोज २ गते ६:४० मा प्रकाशित

लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य र एक बालिका रहेका छन् ।इरानको समर्थन रहेको हिजबुल्लाहले भने विभिन्न हिजबुल्लाह एकाइ र संस्थाका कर्मचारीहरू सहित आठ लडाकुको मृत्यु भएको पुष्टि गरेको छ । बिष्फोटका कारण २८ सय बढी घाइते भएका छन् । २ सयको अवस्था गम्भीर छ । बिष्फोटमा इरानी राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । शृंखलाबद्ध बिष्फोटमा हजारभन्दा बढी हिजबुल्लाह सदस्यलाई निशाना बनाइएको बुझिएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले घटनाप्रति निन्दा व्यक्त गर्दै निकै नै दर्दनाक भनि व्याख्या गरेको छ । हिजबुल्लाहले इजरायललाई आपराधिक आक्रमण भनि दोष लगाउँदै यसको बदला लिने चेतावनी दिएको छ । यद्दपी इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बिष्फोट हुनुभन्दा केही घण्टाअघि मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू