अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

१७ वर्षमुनिको साफ च्याम्पियनशिप र २० वर्षमुनिको एशियन कप छनोट खेल्न जाने टोलीको बिदाइ

बिआरटीनेपाल २०८१ असोज १ गते ७:०३ मा प्रकाशित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १७ वर्षमुनिको साफ च्याम्पियनशिप २० वर्षमुनिको एशियन कप फुटबल छनोट खेल्न जाने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

यही सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा १७ वर्षमुनिको साफ च्याम्पिपयनशिप हुँदैछ । नेपाल रहेको समूह ‘बी’ आयोजक भुटानसहित पाकिस्तान र श्रीलङ्काका छन् । यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।

यसैगरी यही सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा २० वर्षमुनिको एएफसी एशियन कप छनोट हुँदैछ । एशियन कप छनोटमा नेपाल रहेको समूह ‘बी’ मा आयोजक चाइनिज ताइपेईसहित उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू