अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२० | Colorodo: 13:35

इलामकाे उपचुनावले पाठ सिकायाे : रवि लामिछाने

बिआरटीनेपाल २०८१ असोज १ गते ६:५२ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलामको उपचुनावले पाठ सिकाएको बताउनुभएको छ ।काठमाण्डाैमा आजदेखि शुरू भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले इलामको नतिजाले घण्टी बजाउँदैमा जितिँदैन भनेर सिकाएको बताउनुभयो । उहाँले इलाममा हार्नुको कारण रणनीति नबनाएर चुनावी दौडमा मात्रै लागेको, सङ्गठन बलियाे बनाउन नसक्नु र एकअर्काको अस्तित्वलाई विचार गर्न नसक्नु रहेको बताउनुभयो ।

भेलामा सभापति लामिछानेसहित अन्य नेताहरूले सहकारी प्रकरणमा लामिछानेले सफाइ अर्थात् ‘क्लिन चिट’ पाएको दाबी गरेका छन् । भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने रास्वपाले जनाएको छ । भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय जनाभन्दा धेरै प्रतिनिधि काठमाण्डाै आएका पार्टीले जनाएको छ । भोलिसम्म चल्ने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू