अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

लोकेन्द्रबहादुर चन्द सम्मानित

बिआरटीनेपाल २०८१ असोज १ गते ६:४२ मा प्रकाशित

वरिष्ठ साहित्यकार तथा पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई सर्वदा साहित्य सङ्गम, नेपालगञ्जले प्रदान गर्नलागेको यस वर्षको “डाकटर कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार“ले सम्मान गरेको छ ।प्रत्यक वर्ष साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका व्यक्तित्वलाई प्रदान गर्दै आएको सर्वदा सहित्य सङ्गमले जानकारी दिएको हो । २५ हजार रुपैया राशी र सम्मान पत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका महामन्त्री तथा सासद धवल शम्शेर जबराले आज भोलि देशमा झुठ बोल्नेहरु को वाह वाह भैरहेकी बताउनुभयो । भक्तपुर लोकन्थली स्थित निवासमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । सम्मान कार्यक्रममा सुदुरपश्चिमका सन्चारकर्मि लगायत साहित्य सङ्ग सम्बद्ध व्यक्तित्वहरु को उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू