अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

देशको शिर ढल्ने गरी कुनै काम गर्दिनँ प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ भदौ ३१ गते ६:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा नेपालको शिर ढल्ने गरी कुनै पनि काम नगर्ने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आफूले उठाउने एजेण्डा र सहभागी हुने कार्यक्रमहरुबारे संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले देशको इज्जत तल पर्ने गरी कुनै काम नगर्ने बताउनुभयो ।

‘नेपालको शिर ढल्ने गरी, नेपालको इज्जत तल पर्ने गरी, नेपालको कुनै प्रभाव, प्रतिष्ठा, हित, सरोकार केही पनि तल पर्ने गरी काम गर्दिनँ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । अमेरिकाबाट फर्किएपछि पनि महासभामा आफूले गरेको काम र बोलेका कुराहरुबारे संसदलाई जानकारी गराउने उहाँले बताउनुभयो ।

महासभामा उठाउने एजेण्डाबारे प्रधानमन्त्री ओलीले संसदलाई संक्षेपमा जानकारी दिनुभयो। महासभामा भाग लिन प्रधानमन्त्री ओली आगामी ४ असोजमा अमेरिका जाँदै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू