अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५३ | Colorodo: 10:08

मध्य र पूर्वी युरोपमा वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र डुबान

बिआरटीनेपाल २०८१ भदौ ३१ गते ५:४१ मा प्रकाशित

मध्य र पूर्वी युरोपमा वर्षाका कारण धेरै ठाउँमा बाढी आएको छ । बाढीले जनधनको समेत क्षति गरेको बीबीसीले जनाएको छ । बाढीका कारण रोमानियामा चार जनाको ज्यान गएको छ । बाढी र डुबानमा परेका १९ ठाउँका कैयौं मानिसलाई उद्धार गरिएको छ । चेक गणतन्त्रका ३८ ठाउँमा बाढीको चेतावनी जारी गरिएको थियो ।यस्तै पोल्यान्डमा नदीहरू खतराको विन्दुभन्दा माथि पुगेपछि मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । पोल्यान्ड सरकारले अवस्था निकै खराब रहेको बताएको छ ।

यसैगरी म्यानमारमा आएको बाढीका कारण एक सय जनाभन्दा धेरैको ज्यान जानुका साथै झन्डै दुई लाख ३० हजार मानिस घरबार छोड्न बाध्य भएका बीबीसीको खबरमा उल्लेख छ । यागी आँधीपछि राजधानी नेपिडाउसहित म्यानमारका धेरै ठाउँमा बाढी आएको हो । देशको सत्तारूढ दलले बाढीको प्रभाव कम गर्न वैदेशिक सहायता माग गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यस वर्ष एशियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चिनियाँ टापु हेनान र फिलिपिन्स पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू