अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

जापानमा अत्यधिक गर्मीका कारण जनजिवन प्रभावित

बिआरटीनेपाल २०८१ भदौ ३० गते ६:३३ मा प्रकाशित

जापानमा गर्मी बढेपछि जनजिवन प्रभावित भएको छ । जापानको मौसम विज्ञान निकाय जे.एम.ए का अनुसार जापानको समग्र तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।त्यस्तै मध्य टोकियोको चियोडामा ३४ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ । अत्यधिक गर्मीको मारमा वृद्धवृद्धा परेकाले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन अपील जारी गरिएको छ ।

सयौ मानिस अस्पताल भर्ना भएका छन् । गर्मी धेरै बढेपछि जापान सरकारले सडकमा पानी हालेर चिसो पार्ने काम जारी राखेको छ । व्यापार व्यवसायमा समेत असर परेको छ । अधिकांश पसलहरु बन्द गरिएका छन् । तापक्रम अझै केही दिन बढ्ने अनुमान गरिएको छ भने आगामी साता वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू