अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागिरहेका छन् : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:०५ मा प्रकाशित

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको देशलाई अझै पनि बन्न नदिने प्रयास भइरहेको बताउनुभएको छ ।

एमालेले काठमाण्डौको बूढानीलकण्ठमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले देशलाई शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने यात्रामा कटिबद्ध भएर लागिरहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागिरहेका आरोप पनि लगाउनुभयो । उहाँले परिवर्तन विरोधी शक्तिको प्रयासलाई विफल बनाउन केन्द्र, प्रदेश र पालिका सरकारले काम गर्नुपर्ने बेला रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू