अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 17:29

भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा प्रदर्शन रोकिएन

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:१५ मा प्रकाशित

भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । कोलकाताको साल्टलेक क्षेत्रमा रहेको स्वास्थ्य भवन अगाडि आन्दोलनरत चिकित्सकहरू हड्तालमा बसेका छन् ।पश्चिम बङ्गाल सरकारले आन्दोलनरत चिकित्सकसँग हिजो वार्ताको समय तोके पनि आन्दोलनरत चिकित्सकको प्रतिनिधिसँग वार्ता हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ । ३२ दिनदेखि आन्दोलनरत जुनियर डाक्टरहरूको ३२ सदस्यीय प्रतिनिधिमण्डल सरकारको निमन्त्रणामा सचिवालय पुगेपनि बैठकको प्रत्यक्ष प्रसारणको मागलाई सरकारले नमानेका कारण वार्ता हुनसकेको छैन ।

जुनियर डाक्टरहरूको प्रतिनिधिमण्डलसँग कुराकानी गर्न झण्डै दुई घण्टा कुरे पनि वार्ता हुन नसकेपछि मुख्यमन्त्री ममता बनर्जीले सरकारको अपमान भएको भन्दै आक्रोश पोख्नुभएको खबरमा उल्लेख छ । उहाँले डाक्टरहरूको आन्दोलनका कारण उपचार नपाएर अहिलेसम्म २७ जनाको ज्यान गएको र ७ लाख मानिस उपचारबाट वञ्चित भएका दाबी गर्नुभएको छ । हड्ताल कायम भइरहे आफूले राजीनामा दिन तयार रहेको भन्दै उहाँले एकपल्ट बैठक भने बस्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू