अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 23:46

ललितपुरमा सीआईबीको छापा, एकैपटक ५० जना नियन्त्रणमा

बिआरटीनेपाल २०८१ भदौ २७ गते ६:४३ मा प्रकाशित

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरूले एउटा घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ । सीआईबीले नियन्त्रणमा आएकामाथि थप अनुसन्धान थालेको छ । नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ नागरिक छन् । एकजना फिलिपिन्सका नागरिक छन् । अन्य सबै नेपाली हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू