अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 23:28

मर्मतमा गएको साढे दुई महिनापछि वायुसेवा निगमको वाइडबडी जहाज काठमाण्डौ आइपुग्यो

बिआरटीनेपाल २०८१ भदौ २७ गते ५:४५ मा प्रकाशित

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान मर्मतपछि आज काठमाण्डौ आइपुगेको छ । गएको असार ८ गते विस्तृत परीक्षण (सी–चेक)का लागि इटाली गएको विमान साढे दुई महिनापछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । अर्को वाइडबडी जहाज पनि सी चेककै लागि इटली गएकाले निगमले लामो दूरीमा उडान हुन सकेको छैन् । दुई वटा न्यारोबडी जहाजले छोटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएका छन् ।

आज वाइडबडी आएसँगै जापानलगायत अन्य अन्तर्राष्ट्रिय उडानमा यात्रुलाई थप सेवा दिने निगमले जनाएको छ । निगमसँग दुई वटा वाइडबडी रहेकोमा अर्को जाँचको लागि विदेशमै छ । निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू