अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 23:34

दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:११ मा प्रकाशित

यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १ सय दरको सेटमा नोट साट्न सक्नेछन् ।

विगतमा दशैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरेकाे छ । सहायक प्रवक्ता डा. पोखरेलका अनुसार नयाँ नोटको सट्टामा सर्वसाधारणले सुकिला र सफा नोट पाउनेछन् । यस वर्ष असोजको २६ गते दशैँको टीकाको मुख्य दिन परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू