सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले तत्कालीन माओवादी विद्रोहलाई संविधान र कानूनमा कहीँ पनि जनयुद्ध भन्ने उल्लेख नभएको बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसदहरुले माओवादी विद्रोहलाई एमालेका सचिव योगेशकुमार भट्टराईले हिंसा भन्नु संविधान विपरित भएको जिकिर गरेका थिए । त्यसको जवाफ दिने क्रममा एमालेका प्रमुख सचेत बर्तौलाले संविधान, कानून, विस्तृत शान्ति सम्झौता र हालै पारित भएको टिआरसी विधेयकमा पनि माओवादी विद्रोहमा हिंसा र प्रतिहिंसा भएको स्पष्ट उल्लेख गरेको स्मरण गराउँदै त्यसलाई बिर्सन नमिल्ने बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले संसदमा प्रयोग भएको शब्दमाथिको विवाद निरुपण गर्ने सभामुखको अधिकारमाथि धावा नबोल्न पनि माओवादी केन्द्रका सांसदहरुलाई चेतावनी दिनुभयो । सशस्त्र द्वन्दको क्रममा हिंसा भयो, प्रतिहिंसा भयो भनेर विस्तुत शान्ति सम्झौतामा नै उल्लेख गरिएको होइन रु भनि माओवादी केन्द्रका सांसदहरुलाई उहाँले प्रश्न पनि गर्नुभयो । प्रमुख सचेतक बर्तौलाले शान्ति प्रक्रियाका बाँकी कामलाई अघि बढाउन सरकारलाई खवरदारी गर्नुपर्नेमा त्यसलाई भाँड्ने खालका कुरा गरेर प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गलत काम गरिरहेको आरोप पनि लगाउनुभयो ।