अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

‘सी–चेक’का लागि पठाइएको निगमको विमान भोलि बिहान आइपुग्ने

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:२४ मा प्रकाशित

नेपाल वायुसेवा निगमले ‘सी–चेक’ (पूर्ण परीक्षण)का लागि इटाली पठाएको विमान बुधबार बिहान काठमाडौं आइपुग्ने भएको छ । निगमको ए–३३० कलसाइन नाइन एएलवाई जहाज भोलि बिहान ६ः२० बजे काठमाडौं अवतरण हुने भएको हो । गत जुनमा ‘सी–चेक’का लागि इटाली गएको विमान विस्तृत मर्मत सकेर बुधबार बिहान काठमाडौं अवतरण गर्ने निमगले जनाएको छ ।

‘सी–चेक’का क्रममा विमान समस्या आएपछि लामो समय लागेको निगमले जनाएको छ । एकैपटक दुईवटा विमान ‘सी–चेक’का लागि पठाएको भन्दै निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका (क्यान) र सरकारकै असहयोग गरेका कारण पनि निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू