अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२४ | Colorodo: 00:39

संसदको गरिमा बचाउन उपसभामुखले राजीनामा दिनुपर्छ : पदम गिरी

बिआरटीनेपाल २०८१ भदौ २५ गते ५:५६ मा प्रकाशित

नेकपा (एमाले)का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरुलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दुतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताउनुभयो । उहाँले उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको बताउनुभयो ।

सांसद गिरीले उपसभामुखले पदीय मर्यादा अनुरुप काम गर्न नसकेको भन्दै पदबाट राजीनामा दिन आग्रह गर्नुभयो । उहाँले उपसभामुखले संसदको मर्यादा र गरिमालाई कायम राख्न नसकेको बताउनुभयो । संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उहाँको भनाई छ । सांसद गिरीले उपसभामुखले निकास दिनुहोला भन्ने सोचेर अहिलेसम्म बाटो हेरेको भएपनि अहिलेसम्म कुनै सम्बोधन नभएपछि यो विषय संसदभित्र प्रवेश गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू