अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 01:42

कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने भएपछि निषेधाज्ञा जारी

बिआरटीनेपाल २०८१ भदौ २५ गते ५:४९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र प्रदेश सरकारका कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रदेश सभा सचिवालय अगाडि आमरण अनशन बस्न लागेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासनले जनाएको छ । आज अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालको चोक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि तीन सय मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि तीन सय मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरेको छ ।कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजबाट प्रदेश सभा सचिवालय अगाडि अनशन बस्ने बताउनुभएको छ । कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिनुभएको थियो । उहाँले आफ्ना माग पूरा नभए आमरण अनशन बस्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू