अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 01:54

बालुवाटारमा ओली र देउवाबीच छलफल

बिआरटीनेपाल २०८१ भदौ २३ गते ६:४९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । केन्द्रदेखि प्रदेशसम्मका सरकार सञ्चालनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न ओलीले देउवालाई बालुवाटार बोलाउनुभएको थियो । बालुवाटार स्रोतका अनुसार सत्ता गठबन्धनको सहयात्री दलसँग नियमित भेटघाटकै क्रममा प्रधानमन्त्रीले देउवासँग आइतबार छलफल गर्नुभएको हो ।

‘प्रधानमन्त्रीले सरकार सञ्चालन, प्रदेश सरकार गठनका प्रक्रियासहित समसामयिक विषयमा छलफल गर्न कांग्रेस सभापतिलाई बोलाउनुभएको हो,’ बालुवाटार स्रोतले भनेको छ । यसअघि कांग्रेस र एमालेले लामो छलफलपछि गण्डकी प्रदेश सरकार गठनको प्रक्रिया टुंग्याएका थिए । तर, कोशीमा भागबन्डा नमिल्दा कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई आफ्नो भागमा परेको चारजना मन्त्रीको नाम दिएको छैन । कोशीमा प्रभावशाली मन्त्रालयमा आन्तरिक दाबेदारीले कांग्रेसभित्रै कुरा मिल्न नसकेको नेताहरू बताउँदै आएका छन् ।

पछिल्लो समय कांग्रेस र एमाले दुवैले सरकारलाई घेराबन्दी गर्न खोजिएको बताएका छन् । सरकारले राजनीतिक स्थायित्व दिने, अर्थतन्त्रलाई सुधार्दै जाने र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनीहरूको दाबी छ । सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि २०८४ को चुनावसम्मै यो समीकरण जाने ओली र देउवा दुवैले बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू