नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका मुद्दाको अगुवाई वामपन्थीहरुले गर्नुपर्ने बताउनुभएको छ ।बिहीबार काठमाडौंमा नेपालमा समाजवादः चुनौति र सम्भवाना विषयक गोष्ठीमा बोल्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो ।
उपमहासचिव ज्ञवालीले अहिले जलवायु परिवर्तनबाट जलवायु संकटको स्थितिमा पुगेको भन्दै यि मुद्दाहरु उठाउने कामको अगुवाई वामपन्थीहरुले गरेको बताउनुभयो । उहाँले जलवायु संकटका एकमात्र कारकहरु दोहन र नाफाबाहेक अरु केही नसोच्ने पुँजीवादी व्यवस्थाहरु रहेको बताउनुभयो । उहाँले अहिले श्रमीकहरु झनै संकटमा परिरहेको बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले २०६२/०६३ को क्रान्तिले आर्थिक आधार परिवर्तन गर्न नसकेको बताउनुभयो । २० प्रतिशत गरिबीको रेखामुनी रहेका नागरिकलाई गरिबीमुक्त गराउनुपर्ने नेतृत्व वामपन्थीहरुले लिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय पुँजी निर्माण, सबै नागरिकमा शिक्षा, स्वास्थ्यको पहुँचमा जोड दिनुपर्ने बताउनुभयो ।