अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 07:45

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:०४ मा प्रकाशित

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ ।महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरको आयोजनामा भएको पत्रकार सम्मेलमा गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।

उहाँले यो प्रकरणलाई आफूले गम्भीरतापूर्वक लिएको र घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभयो । साथै अनुसंधान भइरहेकाले दोषिलाई कानुनी कठघरामा ल्याउने दाबी पनि गर्नुभयो ।कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा ०७५ साउन ११ गते घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू