अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 08:29

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:४९ मा प्रकाशित

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका लागि १५ दिन कार्यावधि थप गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकमा समिति सभापति थापाले अहिलेसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा सात सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू