अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११
| Colorodo: 08:26
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले एमसिसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गर्नुभएको छ ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो माग गर्नुभएको हो ।
महासचिव भुसालले आफ्नो पार्टी तत्काल एमसिसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले एमसिसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले संसदले एमसिसी परियोजना सामरिक होइन र नेपालको कानूनअनुसार नै अघि बढ्छ भन्ने विश्वास जनतालाई दिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।
महासचिव भुसालले एमसिसीलाई नेपालको बिरुद्ध नहुने गरी लैजानका लागि भरपर्दो माध्यम बनाउन आग्रह गर्नुभयो ।